Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले बोलाएको शीर्ष नेताहरुको बैठक स्थगित

काठमाडौं । सभामुख देवराज घिमिरेले आह्वानमा गरेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।

आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको हो ।

सभामुखले संसदको विजनेस, संयुक्त समिति, विषयगत समिति र संयुक्त नियमावली मस्यौदा समिति गठन लगायतका विषयमा सहमति जुटाउन निरन्तर संवाद गरिरहेका छन्।

सभामुखले २०७९ चैत २५ गते सिंहदरवारमा र चैत २८ गते सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए।

बिहिबारको छलफलमा संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन तीन दलका शीर्ष नेताहरूबीच सहमति बनेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077