Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : पञ्जाबविरुद्ध गुजरात ६ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा गत संस्करण विजेता गुजरात टाइटन्सले तेस्रो जित निकालेको छ ।

तेस्रो जित निकाल्नेक्रममा गुजरातले गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले १९.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । त्यसअघि मोहालीस्थित बिन्द्रा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५३ रन बनायो ।

यो जितसँगै गुजरात अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले चार खेलमा ६ अंक जोडेको छ । पराजित पञ्जाब भने छैटौँ स्थानमा छ । उसले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077