Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • एनसेलको भोल्टे सेवा अब आईफोनमा पनि, ई-सिममा अपग्रेड गर्दा २ जीबी डेटा बोनस

    एनसेलको भोल्टे सेवा अब आईफोनमा पनि, ई-सिममा अपग्रेड गर्दा २ जीबी डेटा बोनस

    अनलाइन नेपाल
  • बिहिबार, ३० चैत्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । नयाँ वर्ष २०८० सँगै एनसेल आजियाटाले आईफोनका लागि पनि भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा सुरु गरेको छ । यसअघि कम्पनीले एन्ड्रोइड प्लेटफर्ममा भोल्टे सेवा सञ्चालनमा ल्याइसकेको छ ।

    ‘दूरसञ्चार सेवाको क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि हो, जसले एचडी र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवाको एकै साथ फाइदा लिन सक्छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    भोल्टे सेवा लिने आईफोन प्रयोगकर्ता ग्राहकहरूले २८ दिनको लागि मान्य रहने १०० मिनेट अन-नेट भोल्टे टक टाइम पाउनेछन् । आईफोन ८ र त्यसपछिका आईफोन सिरिज प्रयोग गरिरहेका एनसेलका ग्राहकहरुले भोल्टे सेवा लिन र १०० मिनेट बोनस टक टाइमका लागि योग्य हुन्छन् । यसरी योग्य भएका ग्राहकले एष्ट्रिक्स१७२०१ह्यास् डायल गरी भोल्टे सेवा लिन र यसमा पाइने बोनस प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।



    भोल्टेका साथै एनसेलले आफ्नो नेटवर्कमा आईफोन प्रयोग गर्ने ग्राहकहरुका लागि एउटा अर्को पनि योजना ल्याएको छ । यसअन्तर्गत आफ्नो भौतिक सिमलाई ई(सिममा अपग्रेड गर्ने ग्राहकले सात दिन मान्य रहने २ जीबी बोनस डेटा पाउँछन् ।

    बोनस डेटा नेपालमा नै अवस्थित आईफोनको आधिकारिक विक्रेतामार्फत आईफोन खरिद गरेका ग्राहकहरुका लागि लागू हुने कम्पनीको भनाइ छ ।

    आईफोन प्रयोगकर्ताले १७१२५ डायल गरी आफ्नो सिमलाई ई-सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, ईमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनुपर्छ ।

    ई-सिम सुचारु गर्नुभन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन । अन्य ग्राहकले आफ्नो नजिकैको एनसेलबाट नयाँ ई-सिम निःशुल्क लिन सक्छन् ।

    एनसेलको फोरजी नेटवर्क उपलब्ध रहेका नेपालभरका सबै एनसेल ग्राहकले भोल्टे सेवाको फाइदा लिन सक्छन् । ग्राहकले यो सेवाबाट लाभ लिन आफ्नो भोल्टे चलाउन योग्य मोबाइल सेटमा फोरजी सेटिङ अन गर्नुपर्ने हुन्छ र फोरजी नेटवर्कमा रहेको हुनुपर्दछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार