Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्षको अन्तिम दिन शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । वाणिज्य बैंकहरूले ब्याजदर घटाएका कारण बुधवार ९२ अंक भन्दा धेरैले बढेको शेयर बजार बिहिबार नेप्से दोहोरो अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा कायम भएको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४९ लाख १३ हजार ७२ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा शिवम् सिमेन्ट रहेको छ । सिमेन्टको ८ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077