Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ वर्षमा नेपाल टेलिकमको नयाँ अफर, ३९९ रुपैयाँमा ३० जीबी डाटा

    नयाँ वर्षमा नेपाल टेलिकमको नयाँ अफर, ३९९ रुपैयाँमा ३० जीबी डाटा

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने घोषणा गरेको हो ।

    कम्पनीले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ।



    यसैगरी, डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध गराउने छ।



    त्यसैगरी, एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ। यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी दुई जिबी डाटा उपलब्ध हुनेछ।

    त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ। नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर चैत ३० गतेदेखि आगामी २०८० वैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागू हुने कम्पनीको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार