Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रौतहटको प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप, ६ जना प्रहरी घाइते

काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप हुँदा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् ।

झडपका क्रममा प्रहरी निरीक्षक वीरेन्द्र पासवानसहित ६ प्रहरी घाइते भएका हुन्।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो ।

गोलीको छर्रा भिडमा पुग्दा घाइते भएका गरुडा-५ का गजेन्द्र साहको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077