Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इसाई धर्म प्रचार गर्ने कोरियाली नागरिक देश निकाला, नेपाल प्रवेशमा एक वर्ष रोक

काठमाडौं । गृह मन्त्रालयले दक्षिण कोरियाली नागरिकलाई निष्काशन गरेको छ ।

इसाई धर्म प्रचार/प्रसारमा संलग्न भएको आरोपमा गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको‘सचिवस्तरीय’ निर्णयले दक्षिण कोरियाली नागरिक युन हो लीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो ।

अध्यागमन विभागले लीलाई सोमबार साँझ कोरियन एयरको जहाजबाट सिओल पठाएको छ । पछिल्लो पटक उनी पर्यटक भिसामा नेपाल बस्दै आएका थिए ।

अध्यागमन विभागमा इसाई धर्म प्रचारमा संलग्न भएको भन्दै लीविरुद्ध उजुरी परेको थियो । इसाई धर्म प्रचाररप्रसार गरेको पाइएपछि कोरियाली नागरिक लीलाई निष्काशन गरिएको अध्यागमन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077