Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले लियो श्रेष्ठसँग बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन तथा आचरण कमिटीले सांसद ढाकाकुमार श्रेष्ठसँग अडिओ प्रकरणबारे बयान लिएको छ।

व्यवसायी दुर्गा प्रसाईंसँगको अडियो संवादबारे कमिटीले सांसद श्रेष्ठको बयान लिएको हो ।

रास्वपा सभापति रवि लामिछानेले ढाकाको अडियो प्रकरणमाथि छानबिन गरी प्रतिवेदन दिन समितिलाई ७२ घन्टाको समय दिएका थिए ।

निर्धारित समयमै प्रतिवेदन बुझाउनुपर्ने दबाबमा रहेको समितिले हतारमा काम गरिरहेको छ ।

बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077