Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • पर्सा मालपोतका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    पर्सा मालपोतका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 819
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्धा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

    अख्तियारले मालपोत कार्यालयका प्रमुख प्रकाश प्रसाद पोखरेल, गम बहादुर विश्वकर्मा, नायव सुब्बा मदन प्रसाद गुप्ता र लेखापाल नागेन्द्र प्रसाद चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



    उनीहरुले जग्गा किनवेचका क्रममा लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिना गरेको अख्तियारको दाबी छ ।



    तत्कालिन कार्यालय प्रमुख पोखरेलले लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्वको निरन्तर अनुगमन गर्नुपर्नेमा अनुगमन नगरी आफ्नो कार्यकाल २०७२/०७३ मा ९३ लाख ६६ हजार २०९ हिनामिना गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

    त्यस्तै तत्कालिन कार्यालय प्रमुख विश्वकर्माले पनि आर्थिक वर्ष २०७२/०७३ मा १ लाख ४१ हजार ८२५ रुपैयाँ हिनामिना गरेको, तत्कालिन नायब सुब्बा गुप्ताले आर्थिक वर्ष २०७२/०७३ मा राजस्वमा ९५ लाख ८ हजार ३४ रुपैयाँ हिनामिना गरेका हुन् ।

    त्यस्तै तत्कालिन लेखापाल चौधरीले पनि ९५ लाख ८ हजार ३४ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार