Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे सम्पत्ति सार्वजनिक, जग्गा किन्न ९० लाख ऋण

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा मुख्यमन्त्री कार्की र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौरादहमा सगोलमा रहेका २ वटा घर देखिएका छन् ।

दाजु दीपक कार्की र उनको नाममा गौरादह-१ र गौरादहमा पक्की घर छन् जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख छ । त्यस्तै श्रीमती अन्जना पाण्डे कार्कीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका-४ मा ७ आना र ९ आनाका २ वटा घडेरी रहेका छन् ।

२०७७ सालमा १ करोड ४० लाखबराबरको उक्त घडेरी किन्न एभरेस्ट बैंकबाट ९० लाख ऋण लिइएको विवरणमा उल्लेख छ । त्यस्तै मुख्यमन्त्री कार्कीको नाममा विभिन्न बैंकमा खाता भए पनि मौज्दात भने न्यनूतम भएको उल्लेख छ ।

त्यस्तै पैतृक सम्पत्तिको बिक्रीबाट कार्की दम्पतीले करिब ३३ लाखबराबरको विभिन्न कम्पनीमा शेयर किनेका छन् । जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077