Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भिषण आगलागी हुँदा रौतहटमा २१ घर जलेर नष्ट

रौतहट । रौतहटमा भिषण आगलागी हुँदा २१ घर जलेर नष्ट भएका छन् ।

जिल्लाको माधवनारायण नगरपालिका–४ मानपुर बिसुनपुर्वा गाउँमा आइतबार अपराह्न भएको आगलागीमा२१ घर जलेर नष्ट भएका हुन् ।

प्रहरीका अनुसार आगजनीमा मानवीय क्षति नभए पनि पशु र खाद्यान्नलगायतका लत्ताकपडा, नगद र गरगहना जलेर क्षति पुगेको छ ।

घरमा आगो लागेको झन्डै २ घण्टापछि चन्द्रपुर र सदरमुकाम गौरबाट बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो  । मानपुरका स्थानीय जिउत मुखिया विनको घरबाट सल्किएको आगो पालैपालो गरी २१ घरमा पुगेको थियो ।

फुसको, खपडा र पक्की घरमा सल्केको आगोले पूर्णरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ । जितउको घरमा खाजा बनाउन लाग्दा आगो सल्किएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077