Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : बेङ्लोरमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल ) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

एमए चिदम्बरम रंगशालामा सोमबार राति भएको खेलमा लखनउले बैंगलोर एक विकेटले पराजित गरेको हो । खेलमा बेङ्लोरले प्रस्तुत गरेको २१३ रनको विशाल लक्ष्य लखनउले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१२ रनको योगफल खडा गरेको थियो ।

यो जितसँगै लखनउको ४ खेलमा ३ जितसहित ६ अंक भएको छ र अंकतालिकामा शिर्ष स्थानमा उक्लिएको छ । त्यसैगरी बैंगलोरले भने तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । उ तीन खेलमा २ अंकका साथ सातौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077