Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालकको जिब्रोमा चुम्बन गरेका दलाई लामाले मागे माफी

काठमाडौं । तिब्बती धर्मगुरू दलाई लामाले बालकलाई चुम्बन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएपछि सार्वजनिक माफी मागेका छन् ।

एक जना बालकको जिब्रोमा चुम्बन गरेको भिडियो सार्वजनिक भएसँगै आलोचना हुन थालेपछि धर्मगुरु लामाले माफी मागेका हुन् ।

भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका दलाई लामाको एक बालक सँगको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको थियो।

उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्।

उक्त भिडियोको चौतर्फी आलोचना भएपछि उनले सोमबार विज्ञप्ति जारी गरेर सार्वजनिक माफी मागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077