काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावलले मन्त्री बन्न दुई करोड मागेको विषयको सत्यतथ्य बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी छिन् ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा उनले मन्त्री बन्न दुई करोड मागेको विषयमाथि सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।
एउटा पार्टी विशेषले मात्र कारबाही गरेर मात्र नहुने भन्दै उनले यसमाथि सरकारले नै सत्यतथ्य छानबिन गरेर दोषी पाइए कारबाही गर्नुपर्ने बताइन् ।
मन्त्री बन्नका लागि सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले ढाकाकुमार श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसहित ७२ घण्टामा छानबिन गर्ने निर्णय गरेको थियो ।