Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन शाहको प्रश्न - संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले समन्वय नगरेको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जालमा सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटको तस्विरसहित लामो ‘स्टाटस’ लेखेका हुन् ।

उनले सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर नै फोहोर नउठाइएको बताए । उनले बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता गैरजिम्मेवारी र लापरवाहीका कारण बाध्यात्मक कदम उठाउनु परेको स्पष्ट पारे ।

‘असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो’, उनले लेखेका छन्, ‘यो दबाब आवश्यक छ भन्नेमा सायदै दुईमत रहला।’

सिंहदरबारसम्म पुग्न महानगरले धेरै कसरत गर्नुपरेको भन्दै उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नै नचाहेको दाबी गरेका छन्। नौ महिनामा पटक–पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुरा कार्यान्वयन गर्न मुस्किल परेको भन्दै उनले १४ बुँदा उल्लेख गरेका छन् ।

‘स्थानीय समस्या स्थानीय तहमा नै समाधान हुन सकून, संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस्,’ उनले भने, ‘देश विकेन्द्रीकरणको उच्चतम लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ, तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौं आइरहनुपर्ने अवस्था छ, त्यस्तो नहोस्,’ मेयर शाहले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077