एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ अन्तर्गत आइतबार राति भएको खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।
यो सिजनमा पञ्जाब पहिलोपटक हारेको छ भने हैदराबादले पहिलो जीत निकालेको हो ।
शुरूमै ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा १४३ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको हैदराबादले १७ बल बाँकी छँदै लक्ष्य भेट्टायो ।
हैदराबादलाई जिताउन सर्वाधिक रन राहुल त्रिपाठीले ४८ बलमा ७४ रन बनाए । कप्तान एडन मार्करमले ३७ रन बनाए । पञ्जाबले यसअघि २ खेल जितिसकेको छ ।
Leave a Reply