Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : गुजरातमाथि कोलकाताको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले गुजरात टाइटान्समाथि रोमाञ्चक जित निकालेको छ ।

नरेन्द्र मोदी स्टेडियम अहमदाबाद गुजरातमा आइतबार साँझ भएको खेलमा कोलकाताले गुजरात टाईटन्सलाई तीन विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको २ सय ५ रनको लक्ष्य कोलकाताले अन्तिम बलमा ७ विकेट गुमाएर भेटायो ।

यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।

यो जितसँगै कोलकाता ३ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । गुजरात उति नै खेलमा नेट रनरेटको आधारमा चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077