Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दामा प्रतिवेदक डाक्टरको बकपत्र लिन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा दुई जना सरकारी साक्षी बुझ्न आदेश दिएको छ।

अन्तिम सुनुवाइ गर्नुअघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालले प्रतिवेदक डाक्टरलाई झिकाउने आदेश दिएका हुन् ।

आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टर र  क्रिकेटर साहब आलमको बकपत्र चाहिने माग गरेका थिए ।

अदालतले सरकारी साक्षीहरु साहब आलम र अनिष श्रेष्ठलाई समेत झिकाउन आदेश दिएको छ ।

यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् ।

न्यायाधीश बरालले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077