Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पार्टी परित्याग गर्दै एकीकृत समाजवादीका नेता न्यौपाने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा अध्यक्षपछिको तेस्रो वरियतामा रहेका नेता मुकुन्द न्यौपानेले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छाड्ने तयारी गरेका छन् ।

न्यौपानेले शनिवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरेर औपचारिक रूपमा पार्टी छाडेको घोषणा गर्ने तयारी गरेका हुन् ।

एमालेसँग अलग भएपछि पार्टी एकीकरणको मुद्दा उठाउँदै आएका नेता न्यौपानेले अन्ततः पार्टीबाट बाहिरिने घोषणा गर्न लागेका हुन् ।

२०७७ सालमा एमालेसँग विद्रोह गर्दा माधव नेपाललाई साथ दिएका न्यौपाने पछिल्लो समय नेपालसँग असन्तुष्टि जनाउँदै एमालेसँगै पार्टी एकता गर्नुपर्ने पक्षमा उभिएका थिए ।

एमालेसँग पार्टी एकता गर्नुपर्ने लगायतका धारणा सार्वजनिक गरेपछि उनलाई चैत १४ गते बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सात दिने स्पष्टीकरण सोधेको थियो ।

शनिबारको पत्रकार सम्मेलनमा भने उनले स्पष्टीकरणको जवाफ सार्वजनिक रुपमै दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077