Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय अध्ययनका लागि ५ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि ५ सदस्यीय समिति गठन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यहरुमा क्याप्टेन ओम गुरुङ, सञ्चारकर्मी टिकाराम राई, वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट पियुस आनन्द र सहारा न्यौपाने रहेका छन् ।

वायुसेवा निगमको व्यावसायिक दक्षता अभिवृद्धि, बजार विस्तार, मानव स्रोतको उचित व्यवस्थापन गर्न आवश्यक परेकाले समिति गठन गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077