Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।

मन्त्रिपरिषदले विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू गर्ने सम्भावना छ ।

सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रायः मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।

तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077