Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रामेछाप बोलेरो दुर्घटना : मृतकको संख्या पाँच पुग्यो, सबैको सनाखत [अपडेट]

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनीमा भएको जिप दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नम्बरको बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा मन्थली–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते भएका मन्थली नगरपालिका–७ कौछिनीका ५० वर्षीय जिप चालक दलबहादुर आलेमगरको पनि निधन भएको छ । बाँकी ११ जना घाइतेमध्ये गम्भीर घाइते तीनजनालाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको जिप आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077