Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रामेछाप बोलेरो दुर्घटना : मृत्यु हुने चारजनाकै सनाखत

रामेछाप । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) आज भएको बोलेरो जीप दुर्घटनामा परी मृत्यु हुने चारजनाकै सनाखत भएको छ ।

रामेछापको सदरमुकाम मन्थलीबाट दिउँसो मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु हुनेमा मन्थली नपा–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङ रहेका छन् ।

दुर्घटनामा परी घाइते हुने ११ मध्ये चालकसहित दुईको अवस्था गम्भीर रहेको र उनीहरूको मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

घुम्तीमा मोड्ने क्रममा ब्रेक नलागेपछि बलेरो कौछिनीको मगरगाँउ नजिकको सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077