Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदमा मर्यादित भाषा प्रयोग गर्न सांसदलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले मर्यादित भाषा प्रयोग गरेर आफ्नो धारणा राख्न सांसदहरुलाई रुलिङ गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले सरकारको सय दिनको उपलब्धिबारे टिप्पणी गर्दा अमर्यादित भाषा प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने बताएका थिए ।

त्यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आफ्नो धारणा राख्दा प्रतिनिधिसभा नियमावलीको नियम २१ (घ) लाई ध्यानमा राखेर आफ्नो धारणा राख्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077