Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारद्धारा त्रिविका ४ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । विशेष अदालतबाट फैसला भएका मुद्दामा चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

उत्तरपुस्तिका साटफेर गराई परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदालतको फैसलाप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

यसअघि विशेष अदालतले कमलप्रसाद दाहाल, तेजनारायण चौधरी, हिरा कटुवाल र जानुका आलेमगरलाई आरोपबाट सफाइ दिएको थियो ।

विशेष अदालतले कात्तिक २२ गते उक्त मुद्दामा उनीहरूलाई सफाइ दिएको थियो। विशेषले फैसला गरेको ५ महिनापछि अख्तियारले पुनरावेदन गरेको हो ।

विशेष अदातले उनीहरूलाई प्रमाणबाट आरोपित पुष्टि गर्ने आधार नभएकाले कसुरदार ठहर गरी सजाइ गर्न नमिल्ने भन्दै सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077