Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभामा सांसदलाई आकस्मिक समय ३ मिनेट तोकियो

काठमाडौं । प्रतिनिधिसभामा बैठकमा शून्य र विशेष समयबाहेक आकस्मिक समयको व्यवस्था गरिएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकबाट आकस्मिक समय सुरु गरिएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले आकस्मिक समयमा तीन मिनेटको समय सदस्यहरुलाई उपलब्ध गराइएको जानकारी गराए ।

अघिल्लो बैठकबाट चालु बैठकको बीचको समयमा भएका जरुरी घटनाका विषयमा आकस्मिक समय लिएर तीन मिनेटमा सांसदहरुले आफ्नो धारणा राख्न पाउने छन् ।

आजको बैठकमा उक्त समयमा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का हरि ढकाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल लगायत सांसदले बोलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077