Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र

काठमाडौं । गृह मन्त्रालयले निजी गाडीले भाडा लिएर यात्रु बोके कारबाही गर्न निर्देशन दिएको छ ।

बुधबार ७७ वटै जिल्लामा आवश्यक कारबाही गर्नु भन्दै गृहले पत्राचार गरेको हो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले मन्त्रालय पुगेर एक ज्ञापनपत्र बुझाएको थियो ।

विशेषगरी लामो दूरीमा जाँदा निजी सवारी साधनहरूले भाडा लिएर चलाउने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका थिए।
ज्ञापनपत्र बुझाएपछि मन्त्रालयले बुधबार पत्राचार गरेको हो ।

राइड सेयरिङ एपहरूको विषयमा भने यो लागू नहुने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077