Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल एयरलाइन्सको बेथितिबारे पर्यटनमन्त्री किरातीले सोधे निगम अध्यक्षलाई स्पष्टीकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

नेपाल एयरलाइन्स भित्र बेथितिका घटना बढ्दै गएपछि पर्यटनमन्त्री किरातीले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् ।

पर्यटनमन्त्री किरातीले मलेसियाको क्लावालाम्पुरमा समयमै उडान अनुमति पत्र नवीकरण नगरेको र पाइलट बिरामी भएपछि काठमाडौं–दुबई उडान ११ घण्टा डिले भएको भन्दै निगमका अध्यक्षलाई स्पष्टीकरण सोधेका हुन् ।

मन्त्री किरातीले अध्यक्ष अधिकारीलाई कमजोरीका विषयमा एक साताभित्र जवाफ बुझाउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077