Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने- नेपाल रेडक्रस सोसाइटीको आन्तरिक विवाद छिटो समाधान गरिदिनुस्

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीमा रहेको आन्तरीक विवाद समाधान गर्न आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय रेडक्रसकी प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले विवाद समाधान गरेर समाजसेवामा क्रियाशील हुन आग्रह गरेका हुन् ।

महामारीका समयमा पनि नेपालमा रेडक्रसले राम्रो भूमिका खेलेको भन्दै आन्तरिक विवाद छिटो भन्दा छिटो समाधान हुन आवश्यक रहेको घिमिरेको भनाई थियो ।

नेपालको विवाद समाधानका लागि आएकी क्रिष्टिना कुम्पुलाले आफू नेपाल आउनुको उद्देश्य पनि यहाँको विवाद समाधान नै रहेको बताउँदै जवाफदेहिता र पारदर्शितामा सम्झौता नहुने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077