Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौं । नेपाली क्रिकेट टोलीका सदस्य एवं पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश घिमिरेको बेन्चमा सुनुवाई हुनेगरी मुद्दाको पेसी तोकिएको हो।

चैत १३ गते पनि अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, पेसी लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।

लामिछानेविरुद्ध नाबालिग बालिकालाई बलात्कार गरेको अभियोग छ ।

पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

आज घिमिरेको इजलासमा अन्तिमबाट दोस्रो स्थानमा परेको सन्दीपको मुद्दाको सुनुवाई हुने सम्भावना कमजोर रहेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077