Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाबी विरोध र उजुरी : आज स्पष्टीकरण बुझाउँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा आज उनले स्पष्टीकरण बुझाउनु पर्नेछ ।

रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको हो । आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रविविरुद्ध तीनवटा दाबी विरोध र एउटा उजुरी परेको छ । लामिछानेले उम्मेदवारी दर्ता गर्न नेपालको संविधानको धारा २९१ले अयोग्य ठहर गर्ने दाबी उजुरीमा गरिएको छ।

संविधानको धारा २९१ मा विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिनाको अवधि व्यतित् नभइ निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको र लामिछानेले नागरिकता लिएको ३ महिना पूरा नभएको उजुरीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077