Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हुम्लाका दुई वडासचिव भ्रष्टाचारी ठहर

हुम्ला । विशेष अदालतले हुम्लाको ताजकोट गाउँपालिकामा कार्यरत दुईजना वडासचिवलाई भ्रष्टाचार मुद्दामा कैद सजाय फैसला गरेको छ ।

मंगलबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारुको इजलासले यस मुद्दामा यस्तो फैसला गरेको हो । विशेष अदालतका अनुसार वडासचिव लामालाई तीन वर्ष ६ महिना र अर्का वडासचिव रामप्रसाद देवकोटालाई दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

लामालाई २२ लाख ९९ हजार र देवकोटालाई १० लाख ५६ हजार रुपैयाँभन्दा बढी बिगो भराउने फैसला भएको बताइएको छ ।

लामा र देवकोटाले जिल्ला समन्वय समितिबाट आर्थिक वर्ष ०७३÷७४ का लागि निकासा भएको पूँजीगत अनुदान, सामाजिक सुरक्षा भत्ता र सञ्चालन अनुदान समेतको रकम सम्बन्धित कार्यालयका बैंक खाताबाट झिकेर हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077