Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखरा महानगर-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश दिएको छ ।

उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पुनः मतगणना गर्न आदेश दिएको हो ।

गत वैशाख ३० गते निर्वाचन भए पनि पोखरा–१८ को मतपरिणाम जेठ १० गतेमात्र आएको थियो । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद तिमिल्सना एक हजार ६४३ मत ल्याएर विजयी बनेका थिए । एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।

तर, प्रतिष्पर्धी थापाले भने तत्कालै पुनः मतगणनाको माग राखेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको माग अस्वीकार गर्दै अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो ।

त्यसपछि ३ मतले पराजित भएका थापाले ५ भोट मिसिङ भएको भन्दै पुनः मतगणना हुनुपर्ने भन्दै अदालतमा रिट हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077