काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख भइरहेको टिप्पणी गरेका छन् ।
मंगलबार लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ लोकार्पण समारोहमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको दाबी गरे ।
'अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित छ,' उनले भने ।