Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछानेको उम्मेदवारीविरुद्ध चार उजुरी

काठमाडौं । चितवन–२ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चार उजुरी दर्ता भएका छन् ।

तीनवटा उजुरी चितवन–२ मा उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले दर्ता गराएका हुन् भने एउटा उजुरी काठमाडौंबाट ई–मेलबाट परेको हो ।

उम्मेदवारी दर्ताविरुद्ध मंगलबार तीन जनाले उम्मेदवार बन्न अयोग्य रहेको भन्दै दाबी विरोधको सूचना दर्ता गरेका हुन् ।

दाबी विरोधको सूचना दिनेमा स्वतन्त्र उम्मेदवार सुवास थापा, शिव बहादुर सुवेदी, युवराज सफल र राजमो उम्मेदवार जनकराज थापाका प्रतिनिधि डम्बर पुरी रहेका छन् ।

लामिछानेले विदेशी नागरिकता त्यागेपछि प्रक्रिया पुर्‍याइ नागरिकता लिएको तीन महिना पुगेको नदेखिने हुँदा उनी उम्मेदवार हुन योग्य छैनन् भन्दै उजुरी दाबीरविरोध दर्ता गराएका छन् ।

उनीहरुले नेपाली नागरिकता लिएको समय अवधि नपुग्ने भएकाले उम्मेदवारी रद्ध गर्न अनुरोध गरेका छन्। उम्मेदवारका तर्फबाट परेको उजुरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबारभित्र निर्णय लिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077