Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेविसंघको रिले अनशन स्थगित, ८ महिनाभित्र महाधिवेशन गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले रिले अनशन स्थगित गरेको छ ।

सहमहामन्त्री भीष्मराज आङ्दम्वेको रोहवरमा चार बुँदे सहमति भएपछि अनशन स्थगित भएको हो।

आङ्दम्वेको रोहवरमा भए बसेको बैठकमा तदर्थ समितिलाई १० दिनभित्र पूर्णता दिने र ८ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको छ ।

अनसनमा उठेका मागका बारेमा सहमति गर्न भन्दै बसेको बैठकमा सहमति भएपछि अनसनरत समुहले अनसन पनि स्थगित गरेको छ ।

नेविसंघ वृहत संघर्ष समितिका उज्वल बज्राचार्य, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले सहमतिमा हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077