Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार प्रकरण

    अख्तियारद्धारा पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    अख्तियारद्धारा पूर्वमन्त्री पाण्डेसहित २१ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 654
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएको एक मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।

    विशेष अदालतमा दायर भएका मुद्दाहरुमा विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानीसम्बन्धी मुद्दामा उनीहरुविरुद्ध आयोगले मंगलबार सर्वोच्च पुनरावेदन गरेको हो ।



    अख्तियारले राष्ट्रिय गौरवको सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।



    निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र ३ जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

    सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको अभियोगमा पूर्वमन्त्रीसमेत रहेका ठेकेदारपाण्डेसहित सबै २१ जनालाई गत असार ५ गते विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले सफाइ दिने फैसला गरेको थियो ।

    १३ अर्ब लागतमा एक दशक लगाएर निर्माण गरिएको नहर परीक्षणका लागि पानी छाड्दा भताभुंग भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको मूलनहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ जनालाई २०७५ मंसिरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

    सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्ट्रक्सन जेभीका प्रमुख रहेका पाण्डेविरुद्ध त्यही हैसियतमा दुई अर्ब १३ करोड ७६ लाखको बिगो कायम गरी मुद्दा चलाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार