Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार घट्याे, कारोबार रकम ९१ करोड ७६ लाख

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ को बिन्दुमा आएर रोकिएको छ ।

बजारसँगै दिनदिनै कारोबार रकम पनि घटिरहेको छ ।

आज ९१ करोड ७६ लाख १० हजार रुपैयाँ बराबरको २९ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजार घटेपनि आज ८६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य स्थिर कायम भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । नेप्सेको अनुसार शिवमले मंगलबार तीन करोड ३६ लाख रुपैयाँको कारोबार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077