Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रियसभामा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८÷०७९ पेस भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. वेदुराम भुषालले सो प्रतिवेदन पेस गरेका हुन् ।

त्यस्तै, बैठकमा मन्त्री भुषालले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन २०७८÷७९ पनि  पेस गरे ।

राष्ट्रिय सभाको अर्को बैठक २०७९ चैत २७ गते सोमबार अपराह्न १ बजे बस्ने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले सदनमा जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077