Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजेर एक मिनेटमा बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री पुपिकमल दाहाल ‘प्रचण्ड’ ले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७८र०७९’ र ‘लोक सेवा आयोगको त्रिसठ्ठीऔं वार्षिक प्रतिवेदन, २०७८र०७९’ सभासमक्ष पेस गर्नेहुने सम्भावित कार्यसूची छ ।

यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘“’सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ पारित गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077