Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री र सचिवले हिसाब नदेखाई लिने सुराकी खर्च खारेज

    गृहमन्त्री र सचिवले हिसाब नदेखाई लिने सुराकी खर्च खारेज

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 756
    SHARES

    काठमाडौं । गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा बेहिसाब खर्च गर्न पाउने प्रावधान खारेज भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्ररसुराकी परिचालनका नाममा गर्न पाउने अधिकार खारेज गरेको हो ।



    सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले गृहमन्त्री र गृह सचिवले गुप्तचर परिचालनका लागि आफूखुसी खर्च देखाउन नपर्ने गरी बनेको कार्यविधि खारेज गरिएको हो ।



    गृहमन्त्रालयबाट आएको प्रस्ताव अनुसार गृहमन्त्री र गृहसचिवले आफूखुसी खर्च गर्न पाउने गरी बनेको उक्त कार्यविधि खारेज गर्ने निर्णय भएको उनले बताइन् ।

    यसअघि शुक्रबार गृहमन्त्रीको पदभार ग्रहण गरेर जिम्मेवारी सम्हालेलगत्तै नारायणकाजी श्रेष्ठले पहिलो महत्वपूर्ण निर्णयका रुपमा सुराकी खर्च कटौती गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार