Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ९२ करोडमा झर्‍यो

काठमाडौं । लगातार दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अकंले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार २० अकंले घटेको परिसूचक आज १६ दशमलव ६७ अकंले घटेको हो ।

सबै समूहको शेयर घटेकोमा विकास बैंक, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

बजारसँगै कारोबार रकम पनि घटेको छ । दुई सय ६० वटा कम्पनीका २८ लाख २९ हजार कित्ता शेयर ९२ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् ।

कारोबार रकमका आधारमा आज नविल बैंक लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ६२ लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077