Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामाजिक सुरक्षा भत्ताको २ लाख बढी अनियमितता, वडा सचिव र प्रशासन सहायकविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व वडा सचिव र पूर्व प्रशासन सहायकविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको भन्दै जाजरकोटको छेडागाड नगरपालिका १२ का तत्कालीन वडा सचिव देवीलाल जैसी र तत्कालीन प्रशासन सहायक रत्न बहादुर कार्कीविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

वडा सचिव जैसी र कार्कीले आर्थिक वर्ष २०७५ ७६ मा प्रथम, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्दा नक्कली विवरण खडा गरी भ्रष्टाचार गरेको पाइएको अयोगका प्रवक्ता भोला दाहालले बताए।

उनीहरुले सामाजिक सुरक्षा भत्ताको २ लाख ७३ हजार ४ सय रकम अनियमितता गरेको अख्तियारले ठहर गरेको छ ।आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले सोही बराबरको रकम विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077