Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबार तोकियो पेसी

    रवि लामिछानेविरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबार तोकियो पेसी

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 786
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

    मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि  नेपाली राहदानी लिएको विषयमा दायर भएको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।



    चितवनबासीमाझ लामिछाने भोट माग्न व्यस्त भइरहेका बेला यता रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए ।



    रिटको पेसी मंगलबारका लागि तोकिएको छ । युवराज पौडेल ‘सफल’ रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही माग गर्दै सर्वोच्च पुगेका थिए ।

    राहदानी प्राप्त गर्ने कार्यमा लामिछानेको आपराधिक मनसाय नरहेको भनेर महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निष्कर्ष निकालेको पनि पौडेलको दाबी छ ।

    सफलले यसअघि पनि लामिछानेको सांसद पदको योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरेको थियो ।

    लामिछानेविरुद्ध यसअघि प्रहरीले यही कसुरमा अनुसन्धान गरेको थियो। तर प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए। मुद्दा नचलाउने निर्णय गरेको भन्दै युवराज पौडेल ‘सफल’ले महान्यायाधीवक्ताको कार्यालयलाई विपक्षी बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार