Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रिय सभाका अध्यक्ष र अर्थमन्त्री महत

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिेना र अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था बुझ्न शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार उनीहरुले सोमवार बिहान अस्पतालमै पुगेर राष्ट्रपति पौडेलको स्थास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

यसअघि विहान उपराष्ट्रपति रामसहाय यादव पनि राष्ट्रपति पौडेललाई भेट्न अस्पताल पुगेका थिए ।

पेट दुख्नेलगायत समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।

राष्ट्रपति पौडललाई चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077