Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पहिलाभन्दा राम्रो मत आउँछ, म एकदमै उत्साहित छु : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताएका छन् ।

आज चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरेपछि सभापति लामिछानेले यस्तो बताएका हुन् ।

आगामी वैशाख १० हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गरेका लामिछानेले निर्वाचनमा राम्रो परिणाम आउने बताए ।

लामिछानेले मुलुकको समृद्धिका लागि, सुशासनका लागि, आउँदो पुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि आफूले उम्मेदवारी दिएको बताए ।

उनले विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागे पनि आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077