Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • चितवन-२ मा उपनिर्वाचनका लागि रविद्धारा उम्मेदवारी दर्ता

    चितवन-२ मा उपनिर्वाचनका लागि रविद्धारा उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 684
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका लागि लामिछानेले उम्मेदवारी दर्ता गराएका हुन् ।



    उनको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा बिक्रम श्रेष्ठ छन्।



    यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।

    यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।

    यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गर्दै छन्।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार