Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बम विस्फोटमा रुसी सेनाका प्रमुख ब्लगरको मृत्यु

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गको एक क्याफेमा विष्फोट हुँदा रुसी सेनाका मुख्य ब्लगरको मृत्यु भएको छ ।

रुसको गृह मन्त्रालयले सेनाका प्रमुख ब्लगर भ्लादलेन तातार्स्कीको मृत्यु भएको पुष्टि गरेको हो । यस्तै स्ट्रिट बार क्याफेमा भएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएको बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडिओमा सडकमा विस्फोट र घाइते मानिसहरू देखिएका छन्। भ्लादलेनको वास्तविक नाम म्याक्सिम फोमिन थियो । उनले युक्रेनमा रुसको आक्रमणलाई कडा समर्थन गरिरहेका थिए।

उनले युक्रेनको फ्रन्टलाइनबाट रिपोर्टिङ गरेका थिए । गत वर्ष एउटा भिडिओको निकै चर्चा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077