Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन् - युवा पुस्ता नजागे मुलुक थप संकटको दलदलमा भासिन्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ पुस्ताले भ्रष्टाचार, कुशासन र बेथितिमा मौनता साध्ने नभएर जबर्जस्त ढंगले विद्रोहमा उत्रनुपर्ने बताएका छन् ।

राप्रपानिकट युवक संगठनको विस्तारित बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।

उनले युवा पुस्ता धर्म, संस्कृति, पहिचान र स्वाधिनताको रक्षार्थ हस्तक्षेपकारी भूमिकामा देखिनु पर्ने बताए । साथै उनले डरलाग्दो रुपमा भइरहेको धर्मपरिवर्तनको डढेलोलाई रोक्न लाग्नुपर्ने बताए ।

राष्ट्रियता, प्रजातन्त्र, आर्थिक समृद्धि र सुशासनको निमित्त युवा पुस्ताले खबरदारी नगरे यथास्थितीवादी शक्ति हाबी हुने र मुलुकको ओरालो यात्रा निरन्तर जारी रहने अध्यक्ष थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077