Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनमतका अध्यक्ष राउतले भने - उपेन्द्रलाई जनताले भर्खरै अस्वीकार गरिसके, यति छिट्टै संसद्‍मा जानु हुँदैन

बारा । जनमत पार्टीका अध्यक्ष सीके राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

आइतबार बारा–२ निर्वाचन क्षेत्र पुगेका अध्यक्ष राउतले यस्तो बताएका हुन् ।

राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनताले भर्खरै अस्वीकार गरेकाले यति छिट्टै फेरि संसदमा जान नसक्ने बताए।

राउतले केही महिनाअघि मात्रै निर्वाचन हारेका यादव बारा २ मा निर्वाचन लड्न आए त्यो जनमतकै अपमान हुने बताए ।

राउतले भने, ‘उपेन्द्र यादव भर्खर पराजित भएर आएको हुनाले यति चाँडो संसदमा जानु हुँदैन । त्यो गर्नुभयो भने जनमत र जनताले दिएको मतको अपमान हो भन्ने जनताले पनि बुझेका छन् । त्यही भएर षड्यन्त्र गरेर उहाँ आउँदै हुनुहुन्छ, तर, यहाँका जनताले सफल हुन दिँदैनन् ।’

राउतले बारा २ मा जनमत पार्टीकै उम्मेदवारले जित्ने दाबी गर्दै भने आफू पनि अवश्यकताअनुसार निर्वाचन अवधिभर बारामै बस्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077